एमाले सांसदहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
अर्को बैठक भदौ २९ गते बस्ने

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठक पनि एमाले सांसदहरुको अबरोधका कारण कार्यसूचिमा प्रवेश नै नगरी स्थगित भएको छ ।
आजको पहिलो बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
तर बैठक संचालनमा सहमति जुट्न सकेन । त्यसपछि शुरु भएको दोश्रो बैठक पनि एमालेका सांसदहरुको नाराबाजी र रोष्ट्रम घेराउका कारण अघि बढ्न सकेन ।
बैठक लगातार अबरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संबैधानिक मर्यादा कामय गर्न पटक पटक नाराबाजी गर्ने सांसदहरुलाई आग्रह गर्नभएको थियो । तर एमाले सांसदहरुको नाराबाजी जारी रह्यो ।
त्यसपछि सभामुख सापकोटाले भाद्र २९ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो ।।






प्रतिक्रिया राख्नुहोस्