प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे निर्धारित बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयक लगायत अन्य विधेयकहरु पास गर्नु पर्ने वाध्यता पनि सरकारलाई छ । तर संसद अधिवेशन शुरु भएदेखि नै प्रमुख प्रतिपक्षी एमालेले अवरोध गर्दै आएको छ ।

अवरोधकै वीच यसअघि विभिन्न विधेयकहरु बैठकमा पेश भइसकेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.