एमाले अवरोधबीच १५ मिनेट संसद बैठक, असोज ४ गतेसम्म स्थगित

काठमाडौं– प्रतिनिधि सभाको आज बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच १५ मिनेट चल्यो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक स्वीकृत गरेको छ ।

विधेयकमाथि नेमकिपा सांसद प्रेम सुवालले मात्रै भाग लिनुभएको थियो ।

विधेयक स्वीकृत भएपछि शोक प्रस्ताव पारित गर्दै असोज ४ गतेसम्मका लागि बैठक स्थगित भएको छ ।

एमालेले आफूले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्तको सूचना टाँस्न दबाब दिन निरन्तर बैठक अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.