पोखरीमा डुबेर दुई नाबालकको मृत्यु

पर्सा- वीरगन्ज महानगरपालिकाको वडा नं. १२ मा अवस्थित मुर्ली पोखरीमा डुवेर दुई जना नाबालकको मृत्यु भएको छ ।

पोखरीमा नुहाउन गएका वीरगन्ज महानगरपालिका वडा नं. १५ निवासी दीनेश साह कानुको १७ वर्षीय छोरा मुन्न भनिने आशिस गुप्ता र सोहि स्थान निवासी उमेष साह कानुको छोरा १२ वर्षीय प्रीतम गुप्ताको पोखरिमा डुबेर मृत्यु भएको हो ।

हिजो अपरान्ह पोखरीमा नुहाउन गएका दुवैजना अबेर रातीसम्म घर फिर्ता नभएपछि उनको खोज तलाश गर्दा पोखरीको डिलमा उनिहरुले लगाएको कपडा र चप्पल फेला परेपछि दुवै नावालको खोज तालाश गर्दा गएराती शव फेला परेको प्रहरी उपरिक्षक बेलबहादुर पाण्डले जानकारी दिनुभयो ।

उहाँले मृत दुवै नावालिकको राती नै वीरगन्जको तराई अस्पतालमा स्वास्थ्य परिक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको बताउनुभयो । मृतक दुवै नातामा दाजुभाइ पर्ने प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.