अफगानिस्तानी बालिकाहरु विद्यालय जानबाट बञ्चित

अफगानिस्तानमा तालिवान शासकले माध्यामिक विद्यालयमा पनि बालिकाहरुलाई विद्यालय जानबाट बञ्चित गरेका छन् ।

तालिवानले सत्ता कब्जा गरेपछि हालै खुलेका माध्यामिक विद्यालयमा किशोर र बालकहरु मात्रै विद्यालय जान अनुमति दिइएको छ । कक्षा कोठामा जान बालिका र किशोरीका साथै महिला शिक्षिकालाई पनि बन्देज लगाइएको छ । विद्यालय जान नपाएपछि अफगानिस्तानका बालिका र शिक्षिकाहरु आफ्नो भविष्यलाई लिएर चिन्तित छन् । तालिवान शासकले सन् १९६० मा जस्तै महिला अधिकारलाई दमन गर्ने हो कि भन्ने चिन्तामा अफगान महिलाहरु रहेका छन् ।

तालिवानहरुले महिलालाई इस्लामिक धार्मिक कानुन अनुसार अध्ययन र काम गर्न दिने जनाएका छन् । हाल भने अफगानिस्तानमा कामकाजी महिलालाई सुरक्षा अवस्था राम्रो नभएको भन्दै घर बस्न भनिएको छ । कहिलेसम्म आफूहरु घर बस्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् । पुरुष मात्रै सहभागी तालिवान अन्तिम मन्त्रिपरिषद्‍को विरोध गरेको भन्दै महिलाहरुलाई तालिवान लडाकुले कुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.