काठमाडौं लगायत विभिन्न जिल्लामा आजदेखि भेरोसेलको पहिलो खोप लगाउन शुरु

काठमाडौँ- आजदेखि भेरोसेलको पहिलो खोप लगाइदैँ छ । यसक्रममा १० वटा हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई अभियानकै रुपमा कोरोना विरुद्धको खोप लगाइने भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो ।

यसैगरी काभ्रे र चितवनमा २५ वर्ष उमेरमाथिकालाई तथा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ । बाँकी ५८ जिल्लामा भने ४५ वर्ष माथिका नागरिकलाई खोप लगाइनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.