सरकारले गति लिन नसकेको एमाले अध्यक्ष ओलीको आरोप

बाँके- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो आरोप लगाउनुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले अघिल्लो सरकारले राजदूतमा पार्टीका कार्यकर्ता नभई वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशका लागि काम गर्नसक्ने व्यक्तिलाई पठाएको उहाँले प्रष्ट्याउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्रगतिमा अगाडि बढेको दाबी गर्दै उहाँले विकासका काम अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताउनुभयो ।

एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उहाँले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर विजयको यात्राका लागि पार्टीका काममा उच्च मनोबलका साथ खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.