पछिल्लो २४ घण्टामा १ हजार २ सय ८२ जना सङ्क्रमित, एक हजार २ सय ६२ जना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९७५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ८१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ९७५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, तीनहजार ४०७ वटा एन्टीजेन परीक्षण गर्दा ३०७ जनाको कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.२२ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २६२ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १०३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार ८७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित हुने १८ हजार ८४८ जना छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.