हर्षोल्लासका साथ मनाइँदै जितिया पर्व

नेपालका मैथिल र थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्वको आज मुख्य दिन/ हिजो विहानदेखि निराहार ब्रत बसेका महिलाहरुले पूजागरी आजै साँझ पर्व सम्पन्न गरिंदै ।

नेपालका मैथिल र थारु समुदायका महिलाले मनाउने जितिया पर्वको मुख्य दिन आज । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’को आजको दिनलाई नहा खा (नुहाएर खानु) पनि भनिन्छ ।

मैथिल र थारु समुदायका महिलाहरुले आज दिनभर उपवास बसी निराहार एवं निर्जला व्रतका साथ पूजागरी साँझ सम्पन्न गर्दैछन् ।

ब्रतालुले हिजो बिहान चार बजे दही, चिउरा सक्खर सहितको प्रसाद खाएर आज साँझ पाँच बजेसम्मका लागि उपवास बस्ने गर्दछन् । उपवास बसेका दिन महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् भन्न् मान्यता पनि रहेको छ ।

व्रत बस्नु अघिल्लो दिन अर्थात सोमबार बर्तालुले विभिन्न जलाशयमा स्नान गरी भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ देवतालाई चढाउने गरिन्छ । देवतालाई चढाएको तेल आ–आफना शाखा सन्तानलाई लगाउनु पर्छ भन्ने प्रलचन पनि छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाउने प्रचलन छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.