नेकपा (एस)का अध्यक्ष नेपाल अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।
ज्वरो र खोकीको समस्याका कारण अध्यक्ष नेपाल बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको गौतमले बताउनुभयो ।
उहाँको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न छ ।






प्रतिक्रिया राख्नुहोस्