विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेकोमा दूरसञ्चार प्राधिकरणको आपत्ति

काठमाडौं– पोल प्रयोग वापतको भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटेपछि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले आपत्ति जनाएको छ ।

जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै प्राधिकरणले आपत्ति जनाएको हो ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा अवरुद्ध पारिएको भन्दै कानूनी कारबाही हुनसक्ने चेतावनी समेत दिएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडा दर सम्वन्धी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा इन्टरनेट सेवा काटिदा राज्यको अति आवश्यक सेवा अवरुद्ध हुन पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.