कोभिड १९ को उत्पत्तिबारे अध्ययन गर्न नयाँ विज्ञ टोली गठन

विश्व स्वास्थ्य संगठनले कोभिड १९ को उत्पत्तिबारे अध्ययन गर्न नयाँ विज्ञ टोलीको गठन गरेको छ । डेढ वर्ष अघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा नयाँ तथ्य फेला पार्ने अन्तिम यो नै अवसर भएको डब्लु।एच।ओको भनाई छ ।

अध्ययनका लागि २६ जना विज्ञहरु छनौट गरी टोलीमा समावेश गराइएको छ । साथै वैज्ञानिक सल्लाहकार समूह समेत निर्माण गरिएको छ । चीनबाट संसारभर फैलिएको कोरोना भाइरसको उत्पत्ति कसरी भयो भन्ने अझै अस्पष्ट रहेको छ ।

अध्ययन टोली कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो या प्रयोगशालाबाट लिक भएर फैलियो भन्ने विषयमा केन्द्रित हुनेछ । प्रयोगशालाबाट फैलिएको हुन सक्ने सिद्धान्तको चीनले कडा रुपमा प्रतिवाद गर्दै आएको छ ।

गत फेब्रुअरीमा गरिएको कोभिडको उत्पत्ति सम्बन्धी अध्ययनले चीनबाट भाइरस अन्यत्र फैलिएको पुष्टिको थियो । साथै चमेराबाट मानिसमा सरेको हुन सक्ने तर यस विषयमा थप अध्ययन गरिनु पर्ने भन्दै अध्ययन टुंग्याएको थियो । अव हुने अध्ययन यसै विषयमा केन्द्रित हुने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.