बाढी पहिरोपीडितलाई सरकारको राहत, घर बनाउन ५ लाखसम्म सहयोग उपलब्ध गराउने
काठमाडौं– सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
घर निर्माणका लागि जग्गाको अभाव हुनेका लागि थप ३ लाख पनि उपलब्ध गराइनेछ ।
मन्त्रिपरिषद्को बैठकले एकै घरमा एक जनाको मृत्यु भएको भए दुई लाख, र सोभन्दा बढीको मृत्यु भए प्रति मृतक एक लाखका दरले थप सहयोग गर्ने निर्णय गरेको छ ।
उद्दार कार्यका लागि निजी क्षेत्रका हेलिकोप्टर पनि प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री खाँणले जानकारी दिनुभयो ।
विपद् व्यवस्थापन समितिले बुधबार बिहान नै घरबारविहीन परिवारलाई ५० हजार उपलब्ध गराउने निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्