गठबन्धन दलहरुबीच सहमति भए एमसीसी पारित हुन्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. नारायण खड्काले एमसीसीबारे गठबन्धन दलहरुबीच सहमति भएमा मात्र पारित हुने बताउनुभएको छ ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्री खड्काले एमसीसीबारे गठबन्धन भित्र छलफल गरिरहेको र सहमति भएमा पारित गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले साझा सहमति नभए एमसिसी पारित नहुने स्पष्ट पार्नुभयो ।

फरक प्रसंग परराष्ट्र मन्त्री खड्काले प्रतिनिधि सभालाई पूर्ण अवधि सञ्चालन गर्ने गरी सरकार अघि बढिरहेको भएपनि अर्ली इलेक्सनको सम्भावना रहेको बताउनु भयो । उहाँले राजनीति भनेकै सम्भावनाको खेल भएकाले राजनैतिक दलहरु बीच सहमति भए समय अगावै निर्वाचन हुन सक्ने जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री खड्काले नेपाली कांग्रेसको महाधिवेशन पौष अन्तिम साता मात्र सम्भव रहेको बताउनु भयो । उहाँले वडा अधिवेशन समेत नभइरहेका कारण महाधिवेशन तोकिएको समयमा सम्भव नभएको स्पष्ट पार्नुभयो ।

परराष्ट्र मन्त्री खड्काले प्रदेश १ र बाग्मती प्रदेश सरकारको नेतृत्वबारे प्याकेजमा नै सहमति हुने भएकाले मुख्यमन्त्रीको कार्यकाल बाँडफाँड हुन सक्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.