बालिकाको उपचारका लागि उठ्यो १९ करोड ४० लाख रुपैयाँ

काठमाडौं– पश्चिम नवलपरासीको रामग्राम २ परासी निवासी बालरोग विशेषज्ञ डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङकी छोरी सियोनाको उपचारका लागि १९ करोड ४० लाख रुपैयाँ संकलन भएको छ ।

सियोनालाई दुर्लभ मानिने ‘एस एम ए’ रोग लागेपछि उपचारका लागि देश विदेशबाट रकम संकलन गरिएको थियो । संकलन भएको सबै रकम उपचारमा खर्च नहुने भएपछि डाक्टर श्रेष्ठले ७ करोड रुपैयाँ बाल स्वास्थ्यको लागि साझेदारी नेपाल नामक संस्थालाई उपलब्ध गराउनुभएको छ ।

हालसम्म उपचारमा १ करोड २४ लाख खर्च भएको र पाँच वर्षसम्मका लागि औषधिमा ७ करोड रुपैयाँ खर्च हुने डाक्टर श्रेष्ठले बताउनुभयो । उपचारबाट बाँकी रहेको अरु रकम सामाजिक कार्यमा खर्च गरिने डाक्टर श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.