दोहोरी च्याम्पियनको फाइनल आज पोखरामा

कास्की- नेपाल टेलिभिजनको प्रस्तुति दोहोरी च्याम्पियनको अन्तिम प्रतिष्पर्धा आज पोखरामा हुँदैछ।

कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा भएको उक्त प्रतियोगितामा बिजेताका लागि बालचन्द्र बराल तथा शोभा कार्की र प्रकाश पराजुली तथा मिना बुढाथोकीको समूह प्रतिष्पर्धा गर्दैछन्। त्यसका साथै दर्शक मतलाई समेत निर्णयको आधार बनाइनेछ।

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ । पोखरा स्थित बाराहीघाटमा सञ्चालन हुने च्याम्पियनको सम्पूर्ण तयारी पूरा भएको टेलिभिजनका कार्यक्रम महाशाखा प्रमुख डा.टंक उप्रेतीले जानकारी दिनुभयो।

च्याम्पियन अन्र्तगत बिजेता समूहले नगद रु. २० लाख साथमा रु. १ करोड बराबरको जीवन बिमा तथा उपविजेता समूहले नगद रु.१० लाख तथा रु.५० लाख बराबरको जीवन बिमा पुरस्कार पाउने छन्। त्यस्तै तृतीयलाई रु.३ लाख तथा सान्त्वना समूहलाई रु.२ लाख पुरस्कार पनि दिइने छ।

प्रतियोगिताका गायक प्रजापति पराजुली र गायिका सीता थापा तथा गीतकार रमेश बिजी र चन्द्र शर्मा निर्णायक छन्। त्यस्तै गायक बद्रि पंगेनी र गायिका प्रीति आलेले कार्यक्रम सञ्चालन गर्नेछन्।

‘प्रतिस्पर्धा दोहोरीकोः संरक्षण संस्कृतिको’ नाराका साथ च्याम्पियन गरिएको हो। प्रतियोगितासँगै पोखराको पर्यटन तथा संस्कृतिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

दिउँसो ४ बजेबाट सुरु हुने उक्त प्रतियोगिताको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.