सरकार स्वतन्त्र न्यायालयको पक्षमाः सञ्चार मन्त्री

विराटनगर– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले जनताको विश्वासको धरोहरका रुपमा रहेको सर्वोच्च अदालतको गरिमा मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।
वर्तमान सरकार मुलुकमा स्थिरता कायम गरी दिगो विकास गर्न क्रियाशील रहेको बताउँदै मन्त्री कार्कीले सरकारले जनताको चाहनाअनुसार काम गर्ने बताउनुभयो । उहाँले प्रदेश नं १ को सरकारको नेतृत्व वर्तमान गठबन्धनको निर्णयअनुसार नै हुने स्पष्ट पार्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्