प्रधानन्यायाधीश बिरुद्ध कानून व्यवसायीहरुको विरोध आज पनि जारी

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरुद्ध कानुन व्यावसायीहरुको विरोध आज पनि जारी छ ।

हिजो प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले हातमा पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।

नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनकारीहरुले न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देऊ भन्ने ब्यानरसहित विरोध गरेका छन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा दिएपछि मात्रै न्यायपालिकाले स्वतन्त्र भएर काम गर्न पाउने बताउँदै राजीनामा नआउन्जेल चरणबद्दरुपमा विरोध कार्यक्रम जारी राखिने जानकारी दिनुभयो ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले व्यक्तिको लागि नभई प्रवृत्तिमाथिको विरोध भएको बताउनुभयो । प्रधानन्यायाधीश राणाले तोकेका इजलासमा हिजोको इजलासमा पनि न्यायाधीशहरु बसेनन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.