सर्वोच्चका न्यायाधीश काममा फिर्ता, बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइ

काठमाडौं– सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका छ इजलास तोक्नुभएको थियो । त्यसमा चार संयुक्त र दुई एकल इजलास थिए ।

आइतबारदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्दै न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ । मुद्दाको सुनुवाइ प्रभावित भएको आज एक हप्ता भएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले सुरु आज पनि विरोध प्रदर्शन गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.