प्रदेश १ मा ६ सदस्यीय मन्त्रिपरिषद् गठन
विराटनगर– प्रदेश १ मा ६ सदस्यीय मन्त्रिपरिषद् गठन गठन भएको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, सामाजिक विकास मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फेलाई नियुक्त गर्नुभएको छ ।
आङ्बो माओवादी केन्द्र, कार्कीद्वय नेपाली कांग्रेस, यादव जसपा र तुम्बाहाम्फे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मन्त्री हुनुभएको हो । आङ्बो शेरधन राईको सरकारमा पनि आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्थयो ।
प्रतिक्रिया राख्नुहोस्