अफगानिस्तानमा विदेशी मुद्रा प्रयोगमा बन्देज

काबुल– अफगानिस्तानको सत्तामा रहेको तालिवानले मुलुकमा विदेशी मुद्राको प्रयोगमा पूर्ण रुपमा बन्देज लगाएको छ । अब उपरान्त देश भित्र हुने सबै किसिमका कारोबारमा अफगान मुद्राको मात्रै प्रयोग हुने तालिवान सरकारले बताएको छ ।
अहिले अफगानिस्तानमा अमेरिकी डलरको प्रयोग निकै बढी हुने गरेको छ । अफगानिस्तानमा निर्वाचित सरकारलाई हटाएर सत्ता कब्जा गरी तालिवान समूह सरकारमा पुगे लगत्तै विदेशी सहयोग बन्द भएको छ ।
विदेशी मुद्रा चलाउन पूर्ण बन्देज लगाउने पछिल्लो निर्णयले कमजोर बनिरहेको मुलुकको अर्थतन्त्र थप धरासायी हुने विश्लेषण गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्