तीन वटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।
प्रदेश नं १ मा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई मन्त्रिपरिषदको हिजोको निर्णय र सिफारिसमा पर्देश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषदको हिजैको बैठकको निर्णय र सिफारिसमा ती तीन वटा प्रदेशका साविकका प्रमुखहरुलाचई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको पनि राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ ।
त्यसरी पदमुक्त गरिएकाहरुमा प्रदेश नं १ का सोमनाथ अधिकारी प्यासी, कर्णालीका गोविन्द प्रसाद कलौनी र सुदूर पश्चिममा गंगाप्रसाद यादव हुनुहुन्थ्यो ।






प्रतिक्रिया राख्नुहोस्