काठमाडौंका घाटहरुमा राष्ट्रपतिको छठपूजा

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी आज काठमाडौंस्थित विभिन्न छठ घाटहरुमा जानुभइ छठी माईको पूजाअर्चना गर्नुभयो ।
राष्ट्रपति भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गर्नुभयो । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक हुनुभएका राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गर्नुभयो ।
यसैगरी आजै अपरान्ह काठमाडौंको गुह्येश्वरी जानुभइ राष्ट्रपति भण्डारीले त्यहाँ पनि छठीमाईको पूजा आरधना गर्नुभयो । सो अवसरमा छठघाटका पूजारीहरुबाट राष्ट्रपति भण्डारीले फूल प्रसाद ग्रहण गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्