सुरु भयो १२ औं जनगणना

काठमाडौं– १२ औं राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विवरण उपलब्ध गराई औपचारिक रुपमा जनगणना शुभारम्भ गर्नु भएको हो ।

राष्ट्रपति कार्यालय शितल निवासमा केन्द्रीय तथ्याङक विभागका महानिर्देशक नुविनलाल श्रेष्ठ सहितको टोलीले राष्ट्रपति भण्डारीको तथ्याङक लिएको हो । मेरो जनगणना मेरो सहभागिता भन्ने नाराका साथ शुरु १२ औँ राष्ट्रिय जनगणनाका आगामी मंसीर ९ गते सम्म सञ्चालन गरिने छ ।

जनगणनाका लागि देशभरी ४० हजार गणक र साडे ८ हजार सुपरिवेक्षक खटिएका छन् । यसपटक हुने जनगणनामा व्यक्तिको संख्या मात्र नभएर मुलुकमा रहेका समग्र घर, जग्गा, उद्योग, कल कारखाना, व्यक्तिको पेसा, व्यवसाय, शिक्षाको अवस्था, खानेपानीको अबस्था, आर्थिक अवस्था, घरायसी सुविधा र साधनहरु, वार्षिक आय, बालबालिका, उनीहरुको स्वास्थ्य, आवासको अवस्था लगायतका विषयमा समेत विस्तृत तथ्याङ्क संकलन गरिने छ ।

जनगणना अघि भएको घर जग्गा सूचीकरणमा २५ प्रश्न सोधिएकोमा अब हुने जनगणनामा भने ५५ प्रश्नहरु तयार पारिएको छ । यसरी प्रश्न सोध्दा एक परिवारमा २० मिनेट देखि आधा घण्टा समय लाग्ने तथ्याङ्क विभागको भनाइ छ । जनगणनाको प्ररम्भिक विवरण तीन महिनामा सार्वजनिक गर्न सकिने तथ्याङ्क विभागले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.