अस्ट्रियामा खोप नलगाएकालाई लकडाउन

अस्ट्रियामा कोरोना संक्रमण उच्च गतिमा बढ्न थालेपछि खोप नलगाएकालाई लकडाउन गर्ने तयारी गरिएको छ । अपर अस्ट्रिया राज्यले आगामी सोमबारदेखि प्रतिबन्ध लगाउने भएको छ ।

अस्ट्रियाको मुख्य शहर साल्जबर्गमा पनि नयाँ प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । खोप नलगाउनेका लागि देशव्यापी लकडाउन अपरिहार्य भएको अस्ट्रियाका गभर्नरको भनाइ छ । खोप लगाउन हिच्किचाउने मानिसका कारण देशको दुई तिहाइ जनसंख्याले संक्रमणको मार खेप्नु परेको बताइएको छ ।

जर्मनी र चेक रिपब्लिकसँग सीमा जोडिएको अपर अस्ट्रिया राज्यमा देशकै सबैभन्दा बढी उच्च संक्रमण दर रहेको छ । तर कोरोना विरुद्धको खोप लगाउनेको दर भने निकै न्युन रहेको छ । अस्ट्रियामा पछिल्लो २४ घन्टामा १२ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च संक्रमण हो ।

अस्ट्रियाले यस अघि नै खोप नलगाउनेलाई रेस्टुरेन्ट, सिनेमा, स्की, सैलुन लगायतका स्थानमा जान प्रतिबन्ध लगाइसकेको छ । संक्रमण नियन्त्रणका लागि खोप नगाउनेलाई देशव्यापी लकडाउनको तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.