१२ वर्ष माथिका दीर्घरोगीलाई फाइजर खोप दिइने

काठमाडौं– सरकारले १२ वर्षभन्दा माथिका दीर्घरोगीहरुलाई यही कात्तिक २८ गतेदेखि फाइजर खोप लगाउने भएको छ ।

पहिलो चरणमा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म र दोस्रो चरणमा मसिर २७ देखि पुस २ गतेसम्म खोप लगाउने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सातै प्रदेशका २४ वटा अस्पतालबाट खोप लगाउन लागिएको जानकारी दिएको हो ।

मुटुको शल्यक्रिया गरेका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका व्यक्तिले फाइजर खोप लगाउन सक्ने छन्। त्यस्तै क्यान्सरको उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका व्यक्तिले पनि खोप लगाउन सक्नेछन् ।

यसैगरि रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्कको रक्तनली सम्बन्धी रोग भएका व्यक्तिलाई पनि फाइजर खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.