वायुसेवा निगमका महाप्रबन्धक मन्त्रालय तानिए
काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का महाप्रबन्धक डिमप्रसाद पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानिनुभएको छ । महाप्रबन्धक पौडेललाई विज्ञका रुपमा मन्त्रालयमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री स्तरको निर्णयबाट महाप्रबन्धक पौडेललाई मन्त्रालय तानिएको हो ।
महाप्रबन्धक पौडेलले मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म आज मन्त्रालयमा हाजिर भएको छु, विज्ञका रुपमा भनेर ल्याइएको छ, के जिम्मेवारी हुन्छ हेरौँ ।” सरकारले यही कात्तिक ८ मा निगमको कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेको थियो । अधिकारीको नियुक्तिपछि पौडेल अधिकारविहीन बन्नुभएको थियो ।
महाप्रबन्धक पौडेलले निगमलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरेपछि निगमभित्रका कर्मचारीले १०४ दिनसम्म आन्दोलन गरी उहाँलाई कार्यालय प्रवेश गर्न दिएका थिएनन् ।
प्रतिक्रिया राख्नुहोस्