चिनियाँ राष्ट्रपतिसँग बाइडेनको प्रत्यक्ष वार्ता
चीनका राष्ट्रपति शी जीनपीङ तथा अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच पहिलो प्रत्यक्ष वार्ता भएको छ ।
आज बिहान दुई नेताहरुबीच भर्चुअलरुपमा सम्पन्न वार्तामा संवादलाई बढाइ विश्वमा देखिएका चुनौति सँगसँगै सामना गर्ने बारेमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
जलवायु परिवर्तन र कोभिड १९ लगायतका समस्या समाधान गर्न दुबै मुलुकबीचको सम्बन्धमा सुमधुर हुनुपर्नेमा समेत दुबै नेताहरुले जोड दिनुभएको छ । करिब ३ घन्टा २४ मिनुटसम्म चलेको वार्तामा आपसी हितका बारेमा समेत छलफल भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयता दुई नेताबीच दुई पटक टेलिफोन वार्ता भएपनि पहिलो पटक प्रत्यक्ष वार्ता भएको हो ।
प्रतिक्रिया राख्नुहोस्