युगान्डको राजधानी कम्पालामा बम आक्रमण, ३ जना सर्वसाधारणको मृत्यु

आत्मघाती बम आक्रमणकारीले युगान्डको राजधानी कम्पालालाई लक्षित गरी गरेको बम आक्रमणमा परी ३ जना सर्वसाधारण मारिएका छन् ।

घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका तीन जना आक्रमणकारीले संसद र शहरको प्रहरी मुख्यालय नजिकै बम विस्फोट गराएका हुन् ।

विष्फोटका कारण शवहरु क्षत विक्षत भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनाको जिम्मेवारी स्लामिक स्टेटले लिएको छ । तीन मिनेटको अन्तरमा दुई वटा विष्फोट भएका थिए । शहरका अन्य भागमा समेत बम भेटिएको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.