२४ घण्टामा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ९९३ जनाको परीक्षणमा ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा थप २ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
२४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा १४९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुर १५, ललितपुरमा ३२ र काठमाडौंमा १०२ जना रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्