नेपालमा ‘ओमिक्रोन भेरिअन्ट’ को त्रास : आज सरकारी समन्वय केन्द्रको बैठक
काठमाडौँ- कोरोना भाइरसको नयाँ प्रकार ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै थप निर्णय लिन आज कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र CCMCC को बैठक बस्दैछ ।
सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीन राख्ने निर्णय गरिसकेको छ ।
नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारेन्टिन राख्ने तयारी गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन् ।।
प्रतिक्रिया राख्नुहोस्