नेकपा एमालेको बन्दसत्रमा ओलीद्वारा प्रस्तुत सूचिको प्रस्ताव अनुमोदन

चितवन- नेकपा एमालेको दशौं महाधिवेशन अन्ततः चुनावी प्रकृयाबाटै टुङ्गिने भएको छ । महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले लामो समयको गृहकार्यपछि बन्दसत्रमा सहमतिको प्रस्ताव गर्नु भएको पदाधिकारी तथा सदस्यको सूचिमा आम सहमति नभएपछि चुनावी प्रकृयामा जाने भएको हो ।

अध्यक्ष ओलीले हिजो दिनभरीको गृहकार्यपछि आज विहान करीव १ बजे बसेको बन्दसत्रमा पदाधिकारी तथा सदस्यहरुको सूचीको प्रस्ताव पेश गर्नु भएको थियो ।

बन्दसत्रले सो प्रस्ताव अनुमोदन गर्ने सन्दर्भमा उपाध्यक्ष भीम रावलले असहमति जनाउदै अध्यक्षमा आफ्नो उमेदवारीको दावी कायमै रहेको बताउनु भएपछि निर्वाचनमा जान परेको हो ।

अध्यक्ष ओलीले सहमति नगरेमा निर्वाचनको विकल्प खुला रहेको जनाउनु भएको थियो । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सहमतिका लागि भन्दै ३ सय १ जनाको नामवली सार्वजनिक गर्नु भएको थियो ।

यसैगरी १९ जना पदाधिकारीको सूची समेत अध्यक्ष ओलीले प्रस्ताव गर्नु भएको थियो । ओलीले अध्यक्षमा आफ्नै नाम र बरिष्ट उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई सहमतिका लागि प्रस्ताव गर्नु भएको छ ।

अध्यक्षमा भीम रावलको उमेदवारीसंगै अन्य पदहरुमा समेत सहमति नजनाउनेहरुको उमेदवारी पर्न सक्ने देखिएको छ । बन्दसत्रबाट बाहिरिंदै नेता रावलले लोकतान्त्रिक विधि र मान्यता अनुसार चुनाव हुनुपर्ने बताउनु भयो ।

यसैबीच, पार्टीको निर्वाचन आयोगले आज विहान ८ बजेदेखि उम्मेदवार हुन इच्छुक महाधिवेशन प्रतिनिधिहरुलाइ फारम वितरण गर्ने र साँडे ९ बजे भित्र उम्मेद्वारी दर्ता गर्ने समय निर्धारण गरेको छ ।

त्यसपछिको १५ मिनेट दावी विरोधको समय दिएको छ भने १० बजेर ५५ मिनेटसम्म दावी विरोध परे त्यसमा निर्णय गरेर पुनः नामावली प्रकाशन गर्नेछ ।

मध्यान्न १२ बजेसम्म उम्मेद्वारी फिर्ता नलिए १२ बजेर ५ मिनेट भित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी राती ९ बजेबाट मतदान शुरु हुनेछ ।

मतदानको लागि मंसिर १४ गते विहान ३ बजेसम्मको समय दिइएको छ । महाधिवेशनमा २ हजार १ सय ५३ जनाले मतदान गर्ने केन्द्रिय निर्वाचन आयोगले जानकारी दिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.