दक्षिण अफ्रिकी राष्ट्रपतिद्धारा आफ्नो देशमा यात्रा प्रतिबन्ध लगाएकोमा विरोध

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि विभिन्न देशले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएकोमा त्यहाँका राष्ट्रपति सिरिल रामापोसाले विरोध जनाउनु भएको छ ।

विभिन्न देशले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएपछि राष्ट्रपति रामापोसाले अन्यायपूर्ण र विभेदपूर्ण भएको प्रतिक्रिया दिनुभएको छ । साथै छिट्टै आफ्नो देश माथि लगाइएको प्रतिक्रिया फुकुवा हुनुपर्ने बताउनु भएको छ ।

बेलायत, युरोपेली संघ र अमेरिकाले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्धको घोषणा गरिसकेका छन् । नयाँ भेरियन्ट हालसम्मकै संक्रमक र एक पटक संक्रमण भइसकेकाहरुलाई पुनः संक्रमणको जोखिम रहनुका साथै खोपको प्रभावकारितालाई समेत चुनौती दिएको छ ।

यसै साता भेटिएको ओमिक्रोनको संक्रमण अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली सहित धेरै युरोपेली मुलुक र एसियाली मुलुकहरुमा पनि फैलिसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.