संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मङ्सिर २८ गते मङ्गलबारका दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्