डब्लुएचओ दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक भन्नुहुन्छ– ‘भारतमा ओमिक्रोन भेटिनु अप्रत्यासित थिएन’

काठमाडौं- डब्लुएचओ दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले पहिलो दुई केसहरू भेटिनु अप्रत्यासित नभएको बताउनुभएको छ ।

भारतको कर्नाटकमा दुई जनामा ओमिक्रोन भेटिएलगत्तै एक सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, ‘हामी बाँचिरहेको अन्तरसम्बन्धित विश्वलाई हेरेर आज डब्लुएचओको दक्षिण(पूर्वी एसिया क्षेत्र को भारतमा ओमिक्रोन भेरियन्टको पहिलो दुई केसहरू भएको पुष्टि गरेको कुरा अप्रत्याशित थिएन ।’

सिंहले नयाँ केसहरु भेटिएसँगै यसले सबै देशहरूलाई निगरानी बढाउन, सतर्क रहन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिने उल्लेख गर्नुभएको छ । ‘ ओमिक्रोनसहित सबै भेरियन्टहरूको लागि प्रतिकार्यका उपायहरू कोभिड जस्तै हो। सरकारहरूले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपायहरू, र जनसमुदायबाट रोकथाम र सावधानीका उपायहरूको कडा पालना गरिनु आवश्यक छ,’ उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.