राप्रपा अध्यक्ष पदको निर्वाचनको मतगणना जारी, थापालाई पछि पार्दै लिङदेनको फराकिलो अग्रता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष लगायत विभिन्न पदका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनाको परिणाम प्राप्त भएको छ ।

प्रारम्भिक परिणाम अनुसार अध्यक्षमा राजेन्द्र लिङदेनले अग्रता कायम गर्नु भएको छ । निर्वाचन समितिका अनुसार २ हजार मत गणना गर्दा अध्यक्षका प्रत्यासी लिङदेनले १३७१ मत प्राप्त गर्नु भएको छ भने अर्का उम्मेदवार कमल थापाले ११५४ मत प्राप्त गर्नु भएको छ । हालसम्मको मतान्तर करीव २ सय रहेको छ ।

रातभरी मतदान सकिएपछि आज विहानदेखि राष्ट्रिय सभा गृहमा शुरु भएको मत गणना अहिले पनि जारी छ । ४ हजार ३ सय मतदाता रहेकामा ३ हजार ८ सय ७३ मत खसेको थियो ।

एकताको महाधिवेशनमा युवा पुस्ताको नेतृत्व गर्दै लिङदेनले निवर्तमान अध्यक्ष कमल थापासंग प्रतिष्पर्धा गर्नु भएको हो । अध्यक्षको मतदान मतपत्रबाट र अन्य पदाधिकारी र सदस्यका लागि मेसिनबाट मतदान गरिएको थियो ।

अध्यक्षको मतगणना सकिएपछि मात्र मेसिनबाट गणना भएको मतको परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति १९९ सदस्यीय रहेको छ । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारी लगायत केन्द्रीय सदस्य गरी २६६ उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.