पाल्पामा ट्याक्टर दुर्घटना: एकको मृत्यु एकजना गम्भीर घाइते

पाल्पा- पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

तानसेन नगरपालिका वडा नं.९ दमकडामा लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा स्थानीय ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ढकालको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका सह चालक बगनासकाली २ का हिरा कुमालको उपचार भइरहेको प्रहरीले जनाएको छ । तानसेन नगरपालिका-९ को देउरालीबदेखि दाउरा बोकेर दमकडातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.