काँग्रेस प्रदेश अधिवेशन : कर्णालीमा ललितजंग शाही र गण्डकीमा शुक्रराज शर्मा सभापतिमा विजयी

बागमती प्रदेशमा सभापतिका लागि पुन: मतदान हुँदै

काठमाडौँ- नेपाली काँग्रेसको प्रदेश अधिवेशनका लागि भएको मतदानको मतगणना अन्तर्गत ३ प्रदेशको नतिजा सार्वजनिक भैसकेको छ ।

प्राप्त नतिजा अनुसार वागमती प्रदेश सभापतिका तीन जना प्रत्यासी मध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त नगरेकाले पुन दोश्रो चरणको निर्वाचन हुने भएको छ ।

दोश्रो चरणको निर्वाचनमा दुइ मुख्य प्रतिस्पर्धी इन्द्र वानियाँ र जगदिश्वर नरसिंह केसीविच पुन: निर्वाचन हुने भएको हो ।

यसैगरी कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी हुनु भएको छ । विजयी शाहिले प्रतिद्वन्द्वी भुपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गर्नु भएको हो । ललितजंग शाहीले  ४ सय २२ मत ल्याउँदा भुपेन्द्रले ३ सय ७१ मत प्राप्त गर्नुभयो ।

यस्तै गणडकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ ।

आफ्ना प्रतिस्पर्धी अर्जुन जोशीलाई उछिन्दै शर्मा विजयी हुनुभएको हो ।

सुदूरपश्चिममा जारी मतगणनामा वीरबहादुर बलायरको सुरुवातदेखि नै लिएको अग्रता कायमै छ । ५ सय मतगणना गर्दा सभापतिका उम्मेदवार बलायर र नारायणदत्त मिश्रबीचको मतान्तर १९३ पुगेको छ ।

प्रदेश १ को मतगणना शुरु गर्ने तयारी भैरहेको छ । उता लुम्बिनी प्रदेशमा पनि मतगणना जारी छ ।

सभापतिमा भरत कुमार शाह र अमरसिंह पुनविच प्रतिष्पर्धा भइरहेको छ । नेपाली कांग्रेको १४ औ महाधिवेशन अन्तरगत हिजो ६ वटा प्रदेशमा प्रदेश अधिवेशनको लागि मतदान सम्पन्न भएको हो ।

अधिवेशनबाट प्रत्येक प्रदेशमा ८ जना निर्वाचित पदाधिकारी सहित क्रियाशील सदस्यताको अनुपातका आधारमा प्रदेश समिति चयन गर्ने छन् ।

प्रदेश नं २ का कतिपय स्थानमा भने वडा पालिका र क्षेत्रिय अधिवेशन कै चरणमा रहेकाले हाल प्रदेश अधिवेशन शुरु नभएको समितिले जनाएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत हालसम्म ६१ जिल्लाको अधिवेशन सम्पन्न भएका छन् ।

बाँकी १६ जिल्लामा महाधिवेशनपछि मात्रै जिल्ला नेतृत्वका लागि निर्वाचन हुनेछ ।

यद्यपि सबैजसो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ । कांग्रेस केन्द्रीय महाधिवेशन आउदो २४ गते शुरु गर्ने कार्यतालिका रहेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.