२४ घण्टामा देशभर थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षणमा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ४३६ जना निको भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ जना रहेका छन् । जसमध्ये १०७ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.