संसद अबरुद्ध गर्नुको औचित्य छैनः भीम रावल

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले संसद अबरुद्ध गर्नुको औचित्य नभएको बताउनुभएको छ ।

एमालेले मंसिर २८ गतेका लागि आहवान गरिएको संसदको अधिवेशन पनि चल्न नदिने सार्वजनिक भएकाबेला रावलले असहमति प्रकट गर्नुभएको हो । ‘संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो। सरकारका सबै कामकारबाही हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,’ ट्वीटरमा रावलले लेख्नुभएको छ, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्‍यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्‍यो। अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।’

एमालेले माधव नेपालसहित कारबाही गरिएका सांसदलाई नयाँ दल खोल्न सभामुखले वैधानिकता दिएको भन्दै संसद अबरोध जारी राख्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.