प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

काठमाडौं– प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ निर्वाचित हुनुभएको छ ।
चितवनमा शनिबार र आइतबार भएको राष्ट्रिय महाधिवेशनले सापकोटालाई अध्यक्ष चयन गरेको हो । महाधिवेशनले १८४ जना केन्द्रीय समिति चयन गरेको छ ।
उपाध्यक्षसहितका पदाधिकारी भने छनोट हुन बाँकी छ ।
प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना रहनेछन् ।






प्रतिक्रिया राख्नुहोस्