ट्याङ्कर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं. २ कोइरालेमा तेलको ट्याङकर दुर्घटना हुँदा चालकको घटनास्थमै मृत्यु भएको छ । ट्याङ्कर सडकबाट करिव दश मिटर तल खसेको छ ।
घटनामा सहचालक घाइते भएका छन् । मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमाराका ५७ वर्षीय सुकमान लामाको घटनास्थलमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार घाइते सहचालक मकवानपुर बागमती गाउँपालिका–८ फापरबारीका १७ वर्षीय जय गोलानको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको छ ।-






प्रतिक्रिया राख्नुहोस्