म्यानमारको एक अदालतले नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई त्याह‍ाको अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।

सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ । गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो ।

त्यसयता उनी सार्वजनिक रूपमा देखिएको छैन । बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो।सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको पछी सैनिक कु भएको थियो ।

सेनाले कू गरेपछि म्यानमारमा दिनदिनै जसो प्रदर्शनहरू भइरहेका छन् । ती प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म १३ सय बढी नागरिकले ज्यान गुमाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.