स्थानीय तहका १६१३ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक हजार ६ सय १३ कर्मचारीको एकैपटक सरुवा गरेको छ।

मन्त्रालयले मंगलबार लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरिएको हो । लोक सेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयको भनाइ छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.