नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्‍घाटन समारोह (लाइभ)

काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोह जारी छ ।

भृकुटीमण्डपमा भव्य समारोहबीच महाधिवेशन उदघाटन कार्यक्रम भइरहेको छ । महाधिवेशनको उदघाटन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ ।

उदघाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत प्रमुख दलका नेताहरुको उपस्थिति छ ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ ।

महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.