कांग्रेसमा उम्मेदवारको मनोनयन दर्ता गर्न सुरु

काठमाडौं– नेपाली कांग्रेसको काठमाडौंमा जारी महाधिवेशनमा उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ ।
भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिनुभयो ।
अहिलेसम्म सभापतिमा कल्याण गुरुङले मनोनयन दर्ता गराउनुभएको छ । यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।
उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दावी विरोध उपर निर्णय हुनेछ। त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले आइतबार बिहान ११:०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२:१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ। सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ।






प्रतिक्रिया राख्नुहोस्