नेपाली काँग्रेस महाधिवेशन : मतदान सम्पन्न, रातिदेखि नै सभापति पदको मतगणना शुरु हुँदै

काठमाडौँ- कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतदान कार्यक्रम सकिएको छ ।
सोमबार विहान साढे ११ बजेबाट सुरु भएको मतदान राति ११:३० बजे सम्पन्न भएको हो ।
समयमै मतदान प्रकृया शुरु हुन नसकेपछि निर्वाचन समितिले पटक पटक गरेर मतदानको समयावधि बढाएको थियो ।
निर्वाचन समितिले राति ९ बजेसम्म मतदानको समय तोकेको थियो । तर, तोकिएको समयमा मतदान नसकिएपछि साढे १० बजेसम्म मतदानको समय थपेको थियो ।
पछिल्लो थपिएको समयमा पनि मतदान नसकिएपछि पुनः एक घण्टा समय बढाएर साढे ११ बजेसम्म मतदानको समय लम्ब्याइएको थियो ।
मतदान सकिएपछि राष्ट्रिय सभा गृहमा सभापति पदको मत गणना शुरु हुने निर्वाचन समितिले जनाएको छ । अब केहीबेरमा आवश्यक प्रकृया पुर्याएर मत गणना शुरु गरिने नेपाली काँग्रेसले जानकारी दिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्