ओमिक्रोन ७७ देशमा पुग्यो

विश्व स्वास्थ्य संगठन भन्छ– अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पहिले नै पुगिसकेको हुन सक्छ

काठमाडौं– विश्व स्वास्थ्य संगठनले विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पहिले नै पुगिसकेको हुनसक्ने अनुमान गरेको छ ।

धेरैपटक म्युटेसन भएर बनेको ओमिक्रोन भाइरसबाट संक्रमित हुने मुलुकको संख्या ७७ पुगेको डब्लुएचओले पुष्टि गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधानोम गेब्रेएससले ओमिक्रोन सम्भवत पहिले नै अरू धेरै देशमा पुगिसकेको बताउनु भयो । जुन हाल तीब्र रुपमा फैलिरहेको छ ।

ओमिक्रोनलाई नजर अन्दाज गरिन्छ भन्नेमा आफू चिन्तित रहेको बताउँदै उच्च सर्तकता अपनाउन डब्लुएचओ प्रमुख टेड्रोसको आग्रह छ । पछिल्लो अध्ययनले ओमिक्रोनको जोखिम सोचेभन्दा कम रहेको पाइएको छ । साथै गम्भीर अवस्था ल्याउन सक्ने सम्भावना कम रहेको पाइएको छ ।

ओमिक्रोन पहिलोपटक गत नोभेम्बर मा दक्षिण अफ्रिकामा फेला परेको थियो । त्यसपछि लगातार रुपमा विभिन्न देशमा फैलिने क्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.