‘जिउँदो सहिद’ मुकेशको घरमा विश्वप्रकाश (फोटो फिचरसहित)

काभ्रे– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा शुक्रबार बनेपास्थित ‘जिउँदो सहिद’ नामले चिनिनुभएका जनआन्दोलन २ का घाइते मुकेश कायस्थको निवासमा पुग्नुभएको छ । शर्माले कायस्थको परिवार र आफन्तसँग मुकेशको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

महामन्त्री शर्माले कांग्रेसको महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभूति गर्न र इमान्दार ढंगले काम गर्न मुकेश कायस्थ र मुकेशलाई जन्म दिने माता पितालाई छोएर सपथ खान आएको जनाउनुभयो ।

विश्वप्रकाश आफ्नो निवासमा आएपछि आमा मीराले सरकारले गरेको सम्मान र सहयोगप्रति आफू खुसी भएको भन्दै मुकेश जस्ता घाइते सहिदको सम्झनामा प्रतिष्ठान निर्माण गरिदिन अनुरोध गर्नुभयो । बाबु कृष्णप्रसादले सबै दल मिलेर मुलुक समृद्ध बनाउन अनुरोध गर्नुभयो ।

दोस्रो जनआन्दोलनको क्रममा २०६२ चैत्र ७ गते कञ्चटमा गोली लागेर घाइते हुनुभएका मुकेश त्यसयता अर्धचेत हुनुहुन्छ । ११ महिना वीर अस्पताल, ५ महिना डा. उपेन्द्र दवकोटाको न्यूरो अस्पताल र अन्नपूर्ण अस्पतालमा उपचारपछि ५ महिना अनामनगरमा स्पर्ष थेरापी पनि गरिएको थियो । सरकारले मुकेशको सबै उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक जना नर्स नियमित उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.