रञ्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी त्याग

काठमाडौं– नेतृ रञ्जु दर्शनाले विवेकशील साझा पार्टी त्याग गर्नुभएको छ ।

अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई कारबाही गरेलगत्तै रञ्जुले पनि पार्टी त्याग्नुभएको हो । मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहणको प्रस्ताव गरेपछि पार्टीमा दुई धारण स्पष्ट देखिएको थियो ।

तत्काल कुनै पार्टीमा नजाने बताएकी रञ्जुले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी दिनुभएको छ । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयरमा प्रतिस्पर्धा गरेपछि रञ्जुको राजनीतिक उचाइ बढेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.